भेडिया गाविसमा पहिलोपटक निःशुल्क स्वास्थ्य शिविर गरियो

२ सय २ महिलाले उपचार पाए

सरोज कुमार पासवान
सिरहा, मिर्चैया ६ वैशाख।

सिरहाको भेडिया गाविस १ मा शनिबार पहिलोपटक निःशुल्क स्वास्थ्य शिविर भएको छ। सिरहाको अर्जन्हामा रहेको फूलकुमारी महतो मेमोरियल हस्पिटल र मिर्चैयामा रहेको नवज्योती सामुदायिक विकास केन्द्रको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर गरिएको फूलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाका प्रमुख डा। शिवशंकर साहले जानकारी दिनुभयो।

सिरहाको भेडिया गाविस जिल्लाको विकट र हरेक सेवा सुविधाबाट बञ्चित रहेका गाविस रहेकोले भेडिया गाविसलाई प्रमुख प्रथमिकतामा राखि नःशुल्क स्वास्थ्य शिविर गरिएको र यस शिविरमा गाविसका ३ सय ५ बिरामीलाई उपचार गरि अधिकांशलाई औषाधि समेत प्रदान गरिएको नव ज्योति सामुदायिक विकास केन्द्रका अध्यक्ष सरोजकुमार पासमानले बताउनुभयो। Continue reading “भेडिया गाविसमा पहिलोपटक निःशुल्क स्वास्थ्य शिविर गरियो”

फूलकुमारी महतो मेमोरियल हस्पिटलको द्वितिय वार्षिकोत्सव सम्पन्न

सिरहा, वैशाख २२
सिरहाको कर्जन्हा गाविसमा अवस्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलको द्वितिय वार्षिकोत्सव आज वैशाख २२ गते एक भब्य समारोहका बीच सम्पन्न भयो ।

परोपकार मार्फत समुदायको समग्र विकास गर्ने पवित्र उद्देश्यका साथ स्थापना गरिएको उक्त गैरनाफामूलक अस्पतालले सफलतापूर्वक दुई वर्ष प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरेको उपलक्ष्यमा आयोजित कार्यक्रमका प्रमुख अतिथी उप(प्रधान तथा गृहमन्त्री वामदेव गौतमले निजी क्षेत्रको पहलमा निर्माण भएको अस्पतालको संरचना र उपलब्ध सेवाको प्रसंसा गर्दै निजी क्षेत्रका यस्ता प्रयासलाई सरकारले सक्दो सहयोग गर्ने वचनवद्धता व्यक्त गर्नु भयो । राजनीतिक स्थिरता नआइ शान्ति नआउने र शान्ति नभइ विकास निर्माण अगाडि बढ्न नसक्ने विचार प्रकट गर्दै उहाँले शान्ति र स्थिरताका लागि सरकार निकै दृढतापूर्वक अगाडि बढेको बताउनु भयो । Continue reading “फूलकुमारी महतो मेमोरियल हस्पिटलको द्वितिय वार्षिकोत्सव सम्पन्न”